काममा फर्कन स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मी कुटपिटको घटनामा संलग्न भनिएको व्यक्तिलाई पक्राउ गरेको र प्रहरीलाई समेत निलम्बन र विभागीय कारबाही गरिसकेकाले आन्दोलनरत चिकित्सकहरूलाई काममा फर्कन आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहभागी चिकित्सकहरूले दोषीलाई कारबाही नभएको र अस्पतालमा सुरक्षा नभएकाले काममा फर्कन नसक्ने बताएपछि मन्त्री बस्नेतले तत्काल हतियारसहित सुरक्षाकर्मी अस्पताल पठाएर डाक्टरहरूलाई सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सरकार तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री बस्नेतले चिकित्सकसँग तीन बुँदे सहमति गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो ।
सुरक्षाको माग गर्दै आन्दोलनरत चिकित्सकहरूले डाक्टरहरू पेशा छोड्ने कि देश छोड्ने भन्ने अन्योलमा पुगेको बताउँदै तत्काल चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा सांसदहरुले सरकारले आन्दोलनरत चिकित्सकहरूको माग तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्