तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको जयेन्दु बाल सुधार गृहबाट फरार चार बालबन्दी मध्ये एक जना पक्राउ

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहबाट फरार रहेका एक जना बालबन्दी पक्राउ परेका छन् ।

असोज ४ गते राती १० बजे बाल सुधार गृहमा रहेका बालबन्दीका बीचमा झडप हुँदा फरार रहेका चार जना मध्ये एक जना सन्देश गुरुङ दैलेखबाट पक्राउ परेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताउनुभयो । 

बाँकेबाट खटिएको प्रहरी टोलीले दैलेख जङ्गलमा लुकेर बसेका गुरुङलाई पक्राउ गरेको डाँगीले जानकारी दिनुभयो । बाल सुधार गृहबाट भागेका अन्य तीन जना भने अझै समातिएका छैनन् । उनीहरुलाई खोज्न प्रहरीले टोली परिचालन गरेको छ ।

उक्त झडपमा एक जना बालबन्दी सुलभ केसीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । बाल सुधार गृहमा भएको झडपमा अगुवाई गरेका ६८ जनालाई प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button