सप्तरीमा आगलागी हुँदा ४ वटा घर जले

सप्तरी । सप्तरी जिल्लाको राम बस्तीमा आगलागी हुँदा ४ वटा घर जलेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ५ योगिनियां स्थित भगवती मन्दिर नजिकै रहेको बस्तीमा आगलागी हुँदा करिब ७ लाख बराबरको धन क्षति भएको हो ।
बिहीबार राति स्थानीय रोहित रामको घरमा आगलागी हुँदा जस्ताले बनाएको ४ वटा घर , २ वटा गाई, खाद्यान्न सामग्री, लताकड़ा, भाडाकुडा, फर्निचरको सामानहरू जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक शत्रुधन राउतले जानकारी दिनुभयो ।
गाईको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगो सल्केर आगलागी भएको राउतले जानकारी दिनुभयो ।
आगलागी स्थानीयवासी, हनुमानगर कंकालिनी नगरपालिकाको दमकल र ईप्रका हनुमाननगरका प्रहरी टोलीको संयुक्त प्रयासमा निभाउन सफल भएको राउतले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्