तपाईँ सुन्दै हुनुहुन्छः

विकास गर्न शासक इमान्दार हुनुपर्छ : पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकको विकास गर्नका लागि शासक इमान्दार हुनुपर्ने बताउनुभएको छ ।

हिमालय मातृभूमि फाउन्डेसनद्वारा आज काठमाडौँमा आयोजित ‘सुशासन, विकास र समृद्धिका लागि राष्ट्रिय अभियान’ कार्यक्रममा उहाँले मुलुकमा सुशासन, विकास र समृद्धिका लागि शासक इमानदार हुनुपर्ने बताउनुभयो ।

पूर्व प्रधानन्यायाधीश कार्कीले देशमा भ्रष्टाचारले जरो गाँडेको उल्लेख गर्नुहुँदै त्यसको अन्त्यका लागि दबाब समूह जरुरी भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button