तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

विराटनगर । विराटनगर–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक अनावरण गरिएको छ । शालिकको विराटनगर महानगरपालिकाकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले बिहीबार एक समारोहका बीच अनावरण गर्नुभयो ।

राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सती प्रथाजस्ता विकृति र विसङ्गति विरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्वपूर्ण रहेको कार्यवाहक मेयर कार्कीले बताउनुभयो ।

उहाँले योगमाया नारी जागरणको अभियन्ता मात्रै नभएर आदर्श समेत भएको उल्लेख गर्नुभयो । कार्यक्रममा कार्यवाहक मेयर कार्कीले योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button