तपाईँ सुन्दै हुनुहुन्छः

एचआइभी संक्रमितहरु राज्यको सेवा र अवसरबाट बञ्चित

काठमाडौँ । एचआइभी सङ्क्रमितहरूको राष्ट्रिय महासङ्घका अध्यक्ष खगेन्द्र खड्काले एचआइभी संक्रमितहरु राज्यको सेवा र अवसरबाट बञ्चित हुनुपरेको बताउनुभएको छ ।  

काठमाडौँस्थित नयाँबानेश्वरमा आज स्वास्थ्य लाइभ अनलाइनले आयोजना गरेको एचआइभी सङ्क्रमितहरूको स्वास्थ्य र मानव अधिकार सम्बन्धी अन्तर्क्रियामा अध्यक्ष खड्काले एचआइभी सङ्क्रमितहरूलाई अझैपनि समाजमा सम्मानजनक रुपमा रहने वातावरण नबनेको बताउनुभयो । 

समाजमा एचआइभी संक्रमित प्रतिको विभेदले जन्मँदै संक्रमित रहेका बालबालिका तथा युवाहरू राज्यको सेवा तथा स्वास्थ्य, शिक्षा र रोजगार जस्ता अवसरबाट वञ्चित रहेको अध्यक्ष खड्काले जिकिर गर्नुभयो ।

यस्तै अन्तर्क्रियामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको राष्ट्रिय महासङ्घको कार्यकारी निर्देशक सिमरन शेरचनले देशमा उचित कानुन नहुँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू आफ्नो अधिकारबाट वञ्चित रहेको बताउनुभयो ।

यौनिक तथा लैङ्गिक अल्पसख्यकहरुलाई सहज रुपमा लिङ्ग पहिचान, वैवाहिक अधिकार लगायतका विषयमा स्पष्ट नीति नबनेको कारण जीवनयापनमा भोग्नुपरेको कठिनाइ प्रति सरोकारवाला पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button