तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाका चिकित्सकहरू आन्दोलनमा

पाल्पा । पाल्पाका चिकित्सकहरू पनि अस्पतालको ओपिडी सेवा बन्द गरि आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय स्वास्थ्यकर्मीमाथि बढ्दै गएको भौतिक आक्रमणको विरोधमा पाल्पाका डाक्टरहरू पनि सडकमा उत्रिएका हुन । 

बिहीबार तानसेनको आन्दोलनचोकमा प्लेकार्ड सहित नारा लगाउँदै विरोधमा उत्रिएका हुन् । उपचारका क्रममा बिरामीको मृत्युपछि सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण भएकोमा डाक्टरहरू आन्दोलित हुनु परेको उनीहरूको भनाई छ ।  

श्रृङखलाबद्ध तरिकाले पटक पटक आफूहरू माथि भौतिक आक्रमण भइरहँदा अरूको ज्यान बनाउनुपर्ने डाक्टरहरूको शरीरको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनीहरूको माग छ । हेटौँडा र पोखरामा  डाक्टरमाथि हातपात भएपछि चिकित्सकहरू सडकमा उत्रिएका हुन । 

पाल्पा रहेका पाल्पा अस्पताल, रामपुर अस्पताल, युनाइटेड मिसन अस्पताल, र लुम्बिनी मेडिकल कलेजका चिकित्सकहरूले आन्दोलन प्रति ऐक्यबद्धता जनाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button