एमाले बागमती अधिवेशन चार बजेबाट मतदान

बागमती I नेकपा एमालेको जारी बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्दा निर्वाचन प्रक्रियामा ढिलाइ भएको छ ।
प्रदेश अध्यक्षमा कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे, कृष्णप्रसाद दाहाल र केशर बुढाथोकीको उम्मेदवारी परेपछि केन्द्रीय नेताहरू सहमतिको प्रयासमा जुटेका छन् ।
सहमति नजुटे दिउँसो ४ बजेबाट मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक दिल्ली मैनालीले जनाकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्