तपाईँ सुन्दै हुनुहुन्छः

लाेकतन्त्र बलियो बनाउन  सार्वजनिक सूचनामा जनताको सहज पहुँच आवश्यक : सञ्चारमन्त्री शर्मा

काठमाडौँ I सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लाेकतन्त्र बलियो बनाउन  सार्वजनिक सूचनामा जनताको सहज पहुँच आवश्यक पर्ने बताउनुभएको छ । 

राष्ट्रिय सूचना आयोगद्वारा सूचनामा विश्वव्यापी  पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाडौँमा आयोजित अनलाइन स्पेस र सूचनाको हक:अवसर र चुनौती विषयक राष्ट्रिय गोष्ठीमा मन्त्री शर्माले जनतालाई सशक्त र लाेकतन्त्रलाई बलियो बनाउन सूचनाको हकलाई जनस्तर सम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । 

मन्त्री शर्माले सरकार सुशासन र सामाजिक न्यायको पक्षमा रहेको भन्नुहुँदै सूचनाको हकको पूर्ण कार्यान्वयनका लागि सरकार  दृढ रहेको बताउनुभयो । 

मन्त्री शर्माले अनलाइनबाट सार्वजनिक सूचना उपलब्ध गराउन अनलाइन स्पेसको विकास गर्दै सूचनाको सुरक्षित भण्डारण र वितरण प्रणालीलाई मजबुत बनाउनु पर्ने बताउनुभयो। 

मन्त्री शर्माले सूचनाको हकले पारदर्शितता कायम गर्न मद्दत पुग्ने भन्दै सूचना लुकाउने कार्यलाई निरुत्साहित गर्न सूचना लुकाउनेलाई कारबाही गर्ने गरी कानुनी दायरा बढाउनुपर्ने बताउनुभयो । 

मन्त्री शर्माले  नागरिक सचेत हुँदा  सार्वजनिक निकायलाई  जबाफदेही र पारदर्शी बनाउन सकिने भन्नुहुँदै सूचनाकाे हकलाई अभियानका रूपमा अगाडि बढाउनु पर्नेमा जाेडदिनुभयो  ।   

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकलाई समावेशी बनाउनु आजको आवश्यकता भएको भन्दै यसका लागि महिला, युवा,अल्पसङ्ख्यक  लगायतलाई सूचनाको हक बारे सचेतना मूलक कार्यक्रममा सहभागी गराउनु पर्ने बताउनुभयो । 

गोष्ठीमा डिजिटल राइटस् नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले  प्रस्तुत गर्नुभएको  कार्यपत्रमाथि छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button