तपाईँ सुन्दै हुनुहुन्छः

सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा । बाजुराकी एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बडिमालिका नगरपालिका वडा नम्बर ९ की १८ वर्षीया सुत्केरी ललिता नेपालीको स्वास्थ्यमा  समस्या आएपछि हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको हो ।

जिल्ला अस्पताल बाजुरामा शल्यक्रियाद्वारा दुईवटा बच्चालाई जन्म दिएकी ललिताका दुवै बच्चा भने सकुशल रहेका अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताउनुभयो । 

शल्यक्रिया गरेर बच्चा जन्माएपछि स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएकाले सुविधा सम्पन्न अस्पतालमा पठाउन राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button