नेपालगन्जका विद्यालयमा भोलि सार्वजनिक बिदा

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले भोलि बिहीबार मुस्लिम धर्मावलम्बीले मनाउने मोहम्मद डे को अवसरमा सार्वजनिक बिदा दिएको छ।
मुस्लिम र मधेसी को बाहुल्यता भएको नेपालगञ्ज क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरूलाई सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव गोर्खबहादुर थापाद्वारा जारी सूचनामा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर अल्लाह अलैवसल्लामको १४४५औँ जन्म जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीले नेपालसहित विश्वभर उल्लासका साथ मनाउन गइरहेका हुँदा नेपालगञ्ज क्षेत्रका सम्पूर्ण विद्यालयमा सार्वजनिक बिदा दिइएको जनाइएको छ ।
जारी सूचनामा नेपालगञ्ज क्षेत्रका सबै धार्मिक विद्यालय (मदरसा, गुरुकुल), सामुदायिक विद्यालयहरू तथा संस्थागत विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्