उद्योग चलाउन अब विद्युतको समस्या हुँदैन : मन्त्री बस्नेत

नेपालगञ्ज। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले उद्योग सञ्चालनका लागि अब विद्युत्को समस्या नहुने बताउनुभएको छ ।
नेपालगञ्जमा आज नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले उद्योगी व्यापारीसँग आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले बाँकेमा देखिँदै आएको लामो समयदेखिको विद्युत् समस्या समाधान गर्न कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने बताउनुभयो ।
उहाँले आयोजनाको निर्माणपछि ‘लो भोल्टेज’ र जथाभाबी विद्युत् जाने समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । यसले उद्योग पनि पूर्णरुपमा सञ्चालनमा आउने विश्वास मन्त्री बस्नेतको छ । उद्योग सञ्चालनमा देखापरेको विद्युत् समस्या हल हुने गरी यो आयोजना सुरु हुन लागेको मन्त्री बस्नेतले बताउनुभयो ।
कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले नेपालगञ्जको विद्युत् समस्या समाधान हुने गरी निर्माण हुन थालेको आयोजना समयमै पूरा गर्नुपर्नेमा जोड दिनुभयो । त्यस क्रममा अध्यक्ष धामीले नेपालगञ्जका उद्योगी व्यवसायीका समस्या सम्बोधन गरिदिन सङ्घका तर्फबाट मन्त्री बस्नेतलाई ज्ञापनपत्र समेत बुझाउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्