अमेरिका र भियतनामका पर्यटकलाई बेलहियामा स्वागत

भैरहवा । ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा भैरहवाका पर्यटन व्यवसायीहरूले अमेरिका र भियतनामका ६ जना पर्यटकलाई सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहियामा स्वागत गरेका छन् ।
अमेरिकाका ५ जना र भियतनामका १ जना पर्यटकलाई लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष कुमार पाण्डेयले स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गृहमन्त्री सन्तोष कुमार पाण्डेयले पर्यटन देश विकासको आधार भएकाले पर्यटक लम्ब्याउने नीति बनाउनुपर्ने बताउनु भयो । सडकको स्तरोन्नति गर्न र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष ज्ञवालीले कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो भने उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तीयाक अहमद खाँन, उपप्रमुख उमा अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सञ्जालका उपाध्यक्ष विष्णु प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्