तपाईँ सुन्दै हुनुहुन्छः

एमाले बागमती अधिवेशन : आज मनोनयन

काठमाडौं।नेकपा एमालेको बागमती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ ।

निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ । अन्तिम नामावली ९ बजे प्रकाशित हुने छ । बिहान ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

अपराह्न ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ । बिहीबार बिहान ११ बजे मतदान हुने तय भएको स्थायी कमिटी सदस्य तथा निर्वाचन मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button