बाजुरामा भाइरल ज्वरो फैलिँदै एकै गाउँका २ जनाको मृत्यु
बाजुरा । बाजुरामा भाइरल ज्वरोको संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । भाइरल ज्वरो फैलिएसँगै जिल्लाका ९ वटै स्थानीय तहका अधिकांश गाउँहरू प्रभावित बनेका छन् ।
भाइरल ज्वरोकै कारण खप्तडछेडेदह गाउँपालिका वडा नम्बर २ माँटेसागुमा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४९ वर्षीय सौरा देवी बुढा र ६२ वर्षीय कुल बहादुर शाही रहेका छन्। गाउँमा फैलिएको भाइरल ज्वरोका कारण बुढा र शाहीको मृत्यु भएको स्थानीय दीर्घ शाहिले बताउनु भयो। माटेसांगु गाउँमा मात्र १ सय ६० बढी परिवारका सबै घरमा भाइरल ज्वरोका बिरामी रहेका शाहिले बताउनु भयो ।
स्थानीयमा भाइरल ज्वरो १ सय ३ डिग्री भन्दा माथि आउने, खोकी लाग्ने, सास फुल्ने जस्ता लक्षण देखा परेको जयबागेस्वरी स्वास्थ्य केन्द्र जयबागेश्वरिले जनाएको छ। भाइरल ज्वरो जिल्लाभरि फैलिएको भए पनि माटेसांगु गाउँमा यसको प्रकोप बढी देखिएकाले औषधि सहित स्वास्थ्यकर्मीको टिम पठाउन लागिएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताउनु भएको छ । खप्तडछेडेदह गाउँपालिकाले पनि उक्त गाउँमा दुई जना स्वास्थ्यकर्मी पठाइसकेको जनाएको छ।
भाइरल ज्वरो बाट वृद्ध, बालबालिका र दिर्घरोगि सबै भन्दा बढी प्रभावित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्