तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षकका मागहरू प्रति सधैँ सकारात्मक  छु : कार्यवाहक प्रधानमन्त्री खड्का 

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ । केन्द्रीय कार्य समितिको बैठक शुरु भएको आज चौथो दिन हो ।

आजको बैठकमा पनि समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचना लगायत विषयमा नेताहरूले आफ्नो धारणा राख्नेक्रम जारी छ 

बैठकमा कार्यवाहक प्रधानमन्त्री  एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले  शिक्षा विधेयकका सम्बन्धमा शिक्षक महासङ्घसँग भएको सहमतिबारे जानकारी गराउनुभयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले संवैधानिक व्यवस्था र मुलुकको आर्थिक अवस्था अनुकूल शिक्षकका माग पुरा गर्न सकिने भन्ने आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर भ्रम सिर्जना गरिएको बताउनुभयो । 

कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकका मागहरू प्रति आफु सधैँ सकारात्मक रहेको भन्दै राहत शिक्षक र शिक्षकको पेन्सन  लगायतका विषयमा सम्भव भए सम्मका माग सम्बोधन गर्न तयार रहेको बताउनुभयो । 

उपप्रधानमन्त्री खड्काले शिक्षक महासङ्घसँग भएको सहमति ,राहत शिक्षक र पेन्सन लगायतका विषयमा अर्थ मन्त्रालय र सरोकारवाला निकायको राय सुझाबका आधारमा विधेयकमा आवश्यक संशोधन गर्न सकिने पनि बताउनुभयो ।

बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button