तपाईँ सुन्दै हुनुहुन्छः

१९औँ एसियाली खेलकुद : पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै भण्डारीको राष्ट्रिय कीर्तिमान

हाङ्जाउ (चीन)।१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा भएको खेलमा नेपाली महिला सुटर श्लिषा भण्डारीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले कुल ६१६ दशमलव ९ अंक जोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

यसअघि उक्त कीर्तिमान कल्पना परियारको नाममा थियो । परियारले उक्त कीर्तिमान सन् २०२० मा जापानको टोकियोमा भएको ओलम्पिकमा कायम गरेकी थिइन् । उनको नाममा ६१६ दशमलव ८ अंकको कीर्तिमान थियो ।

भण्डारीले सुरुआतका तीन चरणमा एक सय एक दशमलव एक, एक सय दशमलव तीन तथा एक सय दुई दशमलव पाँच स्कोर बनाएकी थिएन् । उनले त्यसपछिको तीन चरणमा एक सय पाँच, एक सय चार दशमलव आठ तथा एक सय तीन दशमलव दुई स्कोर गरिन् । १९ वर्षीया भण्डारीले गत वर्ष गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट आफ्नो खेल यात्रा प्रारम्भ गरेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button