राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाद्वारा सुस्ता पुल निरीक्षण
नवलपरासी । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले आज सुस्तामा निर्माणाधीन झोलुङ्गे पुलको निरीक्षण गर्नुभएको छ ।
पुल नहुँदा नारायणी नदी पारिका सुस्तावासीलाई आफ्नै भूमि आउजाउ गर्न गठिन रहेको छ।अन्तिम चरणमा पुगेको पुल निर्माण कार्य चाडै सम्पन्न गर्न अध्यक्ष तिमल्सिनाले आग्रह गर्नुभएको थियो ।
“आफ्नै भूमि आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नु पर्दा आफ्नो देश भनेर गर्व गर्न समेत सुस्तावासीले नपाउनु ठूलो विडम्बना रहेको थियो”अध्यक्ष तिमल्सिनाले भन्नूभयो ” यो पुल सुस्तावासीको सपना हो”।
२०७५ सालमा आफू सुस्ता आउँदा पुल निर्माणको कुनै भौतिक प्रगति नभएको देखिएको बताउँदै अध्यक्ष तिमल्सिनाले अब भने पुल चाडै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।तत्कालीन समयमा पुलको योजना पार्न अध्यक्ष तिमल्सिनाको ठूलो भूमिका रहेको सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।
निरीक्षणमा जिल्ला समन्वय समितिका अध्यक्ष भगौती यादव(रुदल)सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय,सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष रामप्रसाद पाण्डे,स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
१हजार ५ सय ७१ मिटर लम्बाइ र १ दशमलव ६ मिटर फराकिलो पुलको २९ करोड ४० लाखमा ठेक्का सम्झौता भएको थियो ।पुल नहुँदा सुस्ता पारिका नागरिकलाई औषधोपचारका लागि समेत सहज छैन ।कहिले पुल निर्माण सम्पन्न होला र आफ्नै भूमि भएर हिँड्न पाउला भनेर सुस्तापारीका नागरिकहरू व्यग्र पर्खाइमा रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्