तपाईँ सुन्दै हुनुहुन्छः

चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई हाङ्जाउ विमानस्थलमा भव्य स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चीन पुग्नु भएको छ। अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आजै बिहान चीनको हाङ्जाओ आइपुग्नु भएकाे हाे ।

शनिबार बिहान चीनको हाङ्जाओ विमानस्थल अवतरण गर्नुभएका प्रधानमन्त्री प्रचण्डलाई हाङ्जाउ विमानस्थलमा चीन सरकारका खेलकुद सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गर्नुभयाे ।

आजै राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री प्रचण्डसँग दिवा भोजसहित भेटघाट गर्ने कार्यक्रम छ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री दाहाल शुक्रबार न्युयोर्कबाट चीन जानुभएको हो । हाङझावमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनुअघि प्रधानमन्त्री दाहालले राष्ट्रपति चिनफिङसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।

आइतबार चीनको राजधानी बेइजिङ जानुहुने प्रधानमन्त्री दाहालले आगामी सोमबार चिनियाँ प्रधानमन्त्री लि छियाङ्सँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सको अवलोकन पनि गर्नुहुनेछ ।

बेइजिङबाट छेन्तु हुदै प्रधानमन्त्री दाहाल आगामी शनिबार मात्रै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button