तपाईँ सुन्दै हुनुहुन्छः

कृषि विकास निर्देशनालय र रेडियो नेपालबीच सम्झौता

विराटनगर । कृषि सम्बन्धी जानकारीमूलक कार्यक्रम प्रसारण गर्नेसम्बन्धी कृषि विकास निर्देशनालय विराटनगर र रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाबिच सम्झौता भएको छ ।

नेपाली, राई वान्तवा, लिम्बु र थारु भाषामा प्रसारण हुने उक्त कार्यक्रम ४० अङ्कको हुने र प्रत्येक साताको आइतबार बेलुका ५ः३० देखि ५ः४५ सम्म प्रसारण हुने तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम महानगर एफएम विराटनगरका कार्यक्रम अधिकृत नयराज नेपालले बताउनुभयो ।

कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाश कुमार डाँगीले किसानहरूमा जनचेतना फैलाउने उद्देश्यबाट कार्यक्रम सम्झौता गरिएको बताउनुभयो ।

रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाका प्रमुख उद्धवसिंह ढाट क्षेत्रीले किसानहरूलाई सहज रूपले सूचना प्रवाह हुने गरी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

सम्झौता पत्रमा कृषि विकास निर्देशनालयका प्रमुख डाँगी, रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाका प्रमुख ढाट क्षेत्री, कार्यक्रम अधिकृत नेपाल तथा वरिष्ठ कार्यक्रम सहायक बलराम दाहालले हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रम आगामी आइतवारदेखि रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट प्रसारण हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button