बैतडी कारागारबाट ४ कैदीको कैद मिनाहा

बैतडी । बैतडी कारागारमा कैदीबन्दी जीवन बिताइरहेका चार जनाको कैद मिनाहा भएको छ । संविधान दिवसको अवसरमा मन्त्रीपरिषद्को निर्णय अनुसार राष्ट्रपतिबाट ५० प्रतिशत कैद भुक्तान गरेका ४ जनाको कैद मिनाहा गरिएको हो ।
कैद भुक्तानका लागि ५ जनाको नाम सिफारिस गरेको भएपनि ४ जनाको मात्रै बाकी कैद मिनाहा भएको छ । जिल्ला कारागार बैतडीकी प्रमुख धारा भण्डारीका अनुसार कैद मिनाहा हुनेमा कैद मिनाहा हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका १ का धनबहादुर कार्की, दशरथचन्द नगरपालिका ६ का खेमराज महर, पाटन नगरपालिका ६ का रमेश बिष्ट र बझाङको बित्थडचीर गाउँपालिका ७ का बिर्ख लुहार रहेका छन् ।
धनबहादुर कार्की डाँकाचोरी मुद्दामा २०७८ साल असार २४ गते ३ बर्ष सजाय तोकिएको थियो । उनको २ बर्ष २ महिना कैद भुक्तान गरिएको छ । चोरी मुद्दामा २०७८ साल मङ्सिर १९ गते ३ बर्ष सजाय तोकिएका खेमराज महरले १ बर्ष ९ महिना कैद भुक्तान गरिसकेका छन् ।
सवारी ज्यान मुद्दामा २०७८ साल फागुन ९ गते ३ बर्ष सजाय तोकिएका रमेश बिष्टले १ बर्ष ६ महिना कैद भुक्तान गरिसकेका छन् । बिर्ख लुहारलाई डाँकाचोरी मुद्दामा २०७७ साल असार २ गते ५ वर्षका लागि सजाय तोकिएको थियो । उनले ३ बर्ष ३ महिना कैद भुक्तान गरिसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्