बारामा तीन दिन संविधान दिवस मनाइने, बिहीबार घरघरमा दिप प्रज्वलन हुने

बारा । जिल्ला प्रशासन कार्यालय बाराले ३ दिन ९ औँ संविधान दिवस मनाउने भएको छ ।
दिवसको पूर्व सन्ध्यामा असोज २ गते विभिन्न सरकारी कार्यालयहरू सरसफाई गरि दिवसको शुरुवात गरिएको थियो प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।
बुधवार जिल्ला प्रशासन कार्यालयबाट बाजागाजा सहित निकालिएको र्याली नगरको विभिन्न भागमा परिक्रमा गरेपछि सिद्धेश्वर विद्यालयको खेलमैदानमा आई कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र कुमार साहले निकै सर्घष र बलिदानीबाट आएको संविधानको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा सबै अग्रसर हुनुपर्ने धारणा ब्यतm गर्नुभएको थियो ।
सोही कोणसभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले संविधानले परिकल्पना गरेको मूल्य मान्यता,आदर्शलाई सबैले अङ्गीकार गर्नुपर्ने धारणा ब्यतm गर्दै कानुनी राज्यको आभास नेपाली जनताले गर्न पाएको बताउनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सबै नागरिकलाई बोल्न पाउने अधिकारको ग्यारेन्टी गरेका छन् भने मानव अधिकारको रक्षा, मौलिक हक सुरक्षित, पूर्ण प्रेस स्वतन्त्रता र जनताको हक अधिकारलाई समेत प्रभावकारी बनाएको उहाँले बताउनुभयो । असोज ४ गते घरघरमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको हुँदा सबैलाई दिप प्रज्वलन गर्न प्रजिअ सापकोटाले आग्रह गर्नुभयो ।
कोणसभामा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, नेपाल पत्रकार महासङ्घका जिल्ला सचिव अनिल कुमार गौरव, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, विवेकशील साझा पार्टीका जिल्ला अध्यक्ष डाक्टर सुशील साह, नेपाल मजदुर किसान पार्टीका अध्यक्षका मुतिm यादव, नेकपा समाजवादी पार्टीका युवा नेता ध्रुव यादव लगायतले संविधानको रक्षा गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न सरकारी कार्यालयका कर्मचारीहरू, पत्रकार, निजी विद्यालयका बालबालिकाहरू, शिक्षक, शिक्षिका समेतको उल्लेख्य सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्