तपाईँ सुन्दै हुनुहुन्छः

राजस्व छल्ने कार्यमा संलग्न एकै नम्बरका २ भारतीय ट्रक पक्राउ

वीरगंज । वीरगञ्ज भन्सारका कर्मचारी र भन्सार सुरक्षालाई झुक्याउदै भन्सार नाकाबाटै अवैध रुपमा मालसामान ओसारपसार गर्ने कार्यमा संलग्न एकै नम्बरका दुई वटा भारतीय ट्रकलाई सशस्त्र प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १७ बाट सशस्त्र प्रहरी बल, नेपाल आइ.सि.पि. बाट खटिएको गस्ती टोलीले एउटै नम्बर प्लेट भएको युपी ७० एफटी २५२५ नम्बरका २ वटा भारतीय ट्रकलाई शनिबार नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण वीरगंजका प्रवक्ता एवं डि.एस.पी.संगम श्रेष्ठले जानकारी दिनुभयो । 

एउटा खाली भारतीय ट्रक र अर्को एउटामा ४० टन मकै लोड गरिएको ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा आज बुझाइएको डि.एस.पी. श्रेष्ठले बताउनुभयो । यस अघि विगत एक बर्ष अगाडी आइ.सि.पि. भन्सार भित्रबाट सशस्त्र प्रहरीले एउटै नम्बरको दुइवटा भारतीय मालवाहक ट्रक पक्राउ परेको थियो । 

भन्सार छल्नका लागि एउटै नम्बर भएका दुई वटा माल वाहक ट्रकलाई खाली रहेको ट्रकको नाममा भन्सार इन्ट्री गरेर माल लोड भएको ट्रक बाहिर ल्याउने गरेको श्रोतले जनाएको छ । यसले गर्दा समान बोकेको ट्रक विना भन्सार मूल्याङ्कन सहित बाहिरिने गरेको श्रोतले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button