सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरु
काठमाडौँ I सरकारले आन्दोलनरत चिकित्सकसँग वार्ता थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले वार्ता टोली गठन गर्नुभएसँगै आजबाट आन्दोलनरत चिकित्सकसँग वार्ता थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव तुलसी नाथ गौतमले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले नेपाल चिकित्सकसंघका प्रतिनिधिसँग छलफल गरी समस्याको समाधान गर्ने बताउनुभयो ।
सरकारका तर्फबाट अतिरिक्त स्वास्थ्य सचिव डा.विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्य वार्ता टोली गठन गरेको थियो ।
आन्दोलनरत चिकित्सकहरूले आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सेवा ठप्प पारेपछि अस्पताल जानुपर्ने बिरामीहरू उपचार सेवा पाउनबाट वञ्चित भएका हुन ।








प्रतिक्रिया राख्नुहोस्