तपाईँ सुन्दै हुनुहुन्छः

गोहीको आक्रमणबाट मृत्यु

भरतपुर (चितवन)। चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।

शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button