थारु समुदायको अट्वारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश भोलि सार्वजनिक बिदा
कञ्चनपुर ।सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। थारु समुदायको अट्वारी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ। तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ।
असोज १ गते हरितालिका तीज पर्वपनि धूमधामसँग मनाइँदै छ। पर्वको अवसरमा थारु बाहुल्य रहेको कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन्।
कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेतमा थारु समुदायका मानिसले अट्वारी पर्व धूमधामसँग मनाउँदै आएका छन्।








प्रतिक्रिया राख्नुहोस्