तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा बालबालिकामा पनि स्क्रब टाइफस र डेंगी संक्रमण

नेपालगन्ज । बाँकेमा पछिल्ला दिनहरूमा बालबालिकाहरूमा समेत स्क्रब टाइफस र डेंगी देखिन थालेको छ । बालबालिकामा अहिले एन्फ्लुएन्जासंगै स्क्रब टाइफस र डेंगी पनि देखिन थालेको हो ।

अहिले अस्पतालमा स्क्रब टाइफस र डेंगी संक्रमित बालबालिका समेत भेटिन थालेको बालरोग विशेषज्ञ डा।रोमा बोराले बताउनुभयो । यो मौसममा स्क्रब टाइफस र डेंगीका बिरामी बढेको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा।राजन पाण्डेको भनाई छ । भेरी अस्पतालमा आएका बिरामीहरूमा पनि स्क्रब टाइफस र डेंगी भेटिएको उहाँको भनाई छ । बालबालिका मात्र नभएर सबै उमेर समूहमा स्क्रब टाइफस र डेंगीको जोखिम रहने पनि डा।पाण्डेले बताउनुभयो ।

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा ९माइट० को टोकाईबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ‘ओरिन्सिया सुसुगामासी’ भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजंगल, घर वरपरको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्दछ । स्क्रब टाइफसको पहिचान गरी समयमै औषधि सेवन गरे यो रोग निको हुन्छ । तर, समयमै उपचार नगरे यसले गम्भीर रूप लिएर मानिसको ज्यान समेत जान सक्छ ।

स्क्रब टाइफसको संक्रमण भएमा धेरै ज्वरो आउँछ । टाउको दुख्ने, पसिना धेरै आउने, छाला चिलाउने, आँखा रातो हुँदै जाने, निम्फोग्राफी सुन्निने जस्ता लक्षण देखा पर्न थाल्छन् । बिस्तारै खोकी लाग्ने, पेट दुख्ने, पखाला लाग्ने, श्वासप्रश्वासमा अवरोध आउने जस्ता समस्या बढ्न थाल्छन् । टोकेको ठाउँमा कालो सानो दाग बस्दै जान्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button