तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक सुकुटेमा विद्युतीय चार्जिङ स्टेशन

सिन्धुपाल्चोक । सुकुटेका होटल व्यवसायी रामचन्द्र खडकाले सिन्धुपाल्चोकमा नै पहिलो पटक विद्युतीय सवारी साधनहरुका लागि चार्जिङ स्टेशन सञ्चालनमा ल्याउनुभएको छ   ।

सुकुटे पेट्रोल पम्प अगाडि रहेको सुकुटे रिभर भ्यु नेपाली भान्सा घर नजिकै विद्युतीय चार्जिङ स्टेशन राखिएको छ । केही महिनादेखि विद्युतीय भाडाका सवारी साधनहरु सञ्चालन बढेपछि खडकाले आफ्नै लगानीमा चार्जिङ स्टेशन स्थापना गर्नुभएको हो ।

एक घण्टा भित्र फुल चार्ज हुने र प्राधिकरणले तोकिएको विद्युत् शुल्क अनुसार नै चार्ज गरेबापत शुल्क लिने गरिएको खडकाले बताउनुभयो । जिल्लामा पहिलो पटक चार्जिङ स्टेशन सञ्चालनमा आएपछि सिन्धुपाल्चोक हुँदै दोलखा सम्म जाने भाडा तथा निजी सवारी सञ्चालकहरू खुसी भएका छन् । तर विगत केही महिनादेखि प्राधिकरणले लापरवाही रुपमा पटक पटक विना सूचना विद्युत् आपूर्ति बन्द गर्दा भने समस्या भएको खडकाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button