प्रतिनिधिसभा बैठकबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य सुवास चन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाको आज बसेको बैठकले संविधानसभा अध्यक्ष पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य स्वर्गीय नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको हो । बैठकमा स्वर्गीय नेम्वाङको आत्माको चिर शान्तिका लागी एक मिनेट मौन धारण गरिएको थियो ।
बैठकमा सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य नेम्वाङको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य नेम्वाङको मङ्गलवार राती निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भदौ २९ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्