तपाईँ सुन्दै हुनुहुन्छः

सुडानका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि पर्थेसद्वारा राजीनामा

संयुक्त राष्ट्रसङ्घ। सुडानका लागि संयुक्त राष्ट्रसङ्घका प्रतिनिधि भोल्कर पर्थेसले पदबाट राजीनामा दिनुभएको छ ।

संयुक्त राष्ट्रसंघीय सुडानका राजदूत पर्थेसले खार्तूममा सेना र अर्धसैनिक समूहबीच पाँच महिनादेखि जारी द्वन्द्वका बीच बुधबार राजीनामाको घोषणा गर्नुभएको हो ।

उहाँले सुडानको द्वन्द्व व्यवस्थापनका लागि जिम्मेवारी दिएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसप्रति आभार व्यक्त गर्दै यो अवधिमा आफुले सम्भावित सबै भूमिकाको निर्बाह गरेको बताउनुभएको छ ।

“त्यो अवसर र ममाथिको विश्वासका लागि म महासचिवप्रति आभारी छु, तर मैले उहाँसँग यो कर्तव्यबाट मुक्त गर्न आग्रह गरेको छु,” पर्थेसले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई सम्बोधन गर्दै भन्नुभयो ।

सुडान सन्दर्भलाई जोड्दै उहाँले भन्नुभयो, “यो द्वन्द्व पूर्ण गृहयुद्धमा परिणत हुन सक्छ ।”एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button