क्यान्सरबाट प्रदेश सभा सदस्य यादवको निधन
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश सभाका सदस्य बिन्दु कुमारी यादवको ४४ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित रहनुभएका यादवको नेपाल तथा भारतको विभिन्न ठाउँमा उपचार गराई जनकपुरधामको प्रादेशिक अस्पतालमा डाइलाइसीस सेवा लिइरहेको समयमा मृत्यु भएको हो ।
यादवको निधनपछि प्रादेशिक अस्पतालमा पुगेर मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभाका सदस्य एवं महिला नेत्री विन्दु कुमारी यादवको निधनले पार्टीलाई अपुरणीय क्षति भएको जनाउँदै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शोक सन्देश प्रकाशित गर्दै प्रदेश सभाका सदस्य एवं अधिकारवादी आन्दोलनका अगुवा विन्दु कुमारी यादवको दुःखद निधनप्रति गहिरो समवेदना प्रकट गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
स्वर्गीय यादवका २ छोरी र श्रीमान् हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्