तपाईँ सुन्दै हुनुहुन्छः

संबिधानसभामा नेम्वाङले खेल्नुभएको भूमिकालाई मुलुकले सधै स्मरण गर्ने छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ ।

उहाँले नेम्वाङले संविधान सभामा खेलेको भूमिकालाई मुलुकले सधैँ स्मरण गरिरहने बताउनुभयो । नेम्वाङको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै उहाँले २०६२–०६३ को जन आन्दोलनपछि पुनर्स्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रुपमा नेम्वाङले खेलेको नेतृत्वदायी भूमिका अनुकरणीय रहेको बताउनुभयो ।

नेपालको शान्ति प्रकृया र संविधान सभाबाट नेपालको संविधान जारी गराउन नेम्वाङको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले लेख्नुभएको छ, ‘उहाँको सुझबुझ पूर्ण ढंगले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरुपण गर्ने शैली सबैका लागि अनुशरण योग्य छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button