तपाईँ सुन्दै हुनुहुन्छः

नेम्वाङको निधनपछि समाजवादी मोर्चाको कार्यक्रम स्थगित

धनगढी। समाजवादी मोर्चा नेपालको धनगढीमा आज हुने सन्देश सभा स्थगित गरेको छ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको दुखद घडीमा उहाँको सम्मानमा मोर्चाको धनगढीमा आजका लागि तय भएको सन्देश सभा स्थगित गरिएको नेकपा एकीकृत समाजवादीका सचिव एवं सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले बताउनु भयो ।

मोर्चाको सन्देश सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको उहाँले बताउनु भयो । नेकपा एकीकृत समाजवादीको संयोजन एवं व्यवस्थापनमा हुने सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सम्बोधन गर्नु हुने कार्यक्रम थियो ।

यस अघि भदौ १३ गते धनगढीमा हुने भनिएको समाजवादी मोर्चाको सन्देश सभा समेत स्थगित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button