भोजपुर बिहानी फुटबलमा चौध टिमको सहभागिता हुने
भोजपुर । पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा भाद्र २७ गतेबाट हुने अन्डर १६ अन्तर विद्यालय स्तरीय बिहानी कप फुटबल प्रतियोगितामा चौध विद्यालयले सहभागिता जनाउने भएका छन् । बाल दिवसको अवसरमा विद्यालय स्तरीय पुरुष फुटबल प्रतियोगिता हुन लागेको हो ।

बिहानी फुटबल क्लब भोजपुरको आयोजना तथा जिल्ला फुटबल सङ्घको संयोजनमा अन्डर १६ अन्तर विद्यालय स्तरीय प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष रिपेश भुजेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः नगद २० हजार र १० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । वेस्ट गोलकिपर, वेस्ट डिफेन्डर, वेस्ट मिडफिल्डर, उत्कृष्ट खेलाडीहरूका लागि समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक बिहानी फुटबल क्लबले जनाएको छ ।
प्रतियोगिता भाद्र २७ गतेदेखि ३० गतेसम्म हुने छ ।








प्रतिक्रिया राख्नुहोस्