तपाईँ सुन्दै हुनुहुन्छः

इलाका प्रशासनमा कर्मचारी अभावले नागरिक वितरण रोकियो 

जुम्ला । सिंजा गाउँपालिकाको नराकोटस्थित इलाका प्रशासन कार्यालयमा कर्मचारी अभाव भएपछि  नागरिकता वितरण रोकिएको छ । कर्मचारी अभावले नागरिकता नपाउँदा सिंजा क्षेत्रका नागरिक मर्कामा परेका छन् । सिंजा क्षेत्रका हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिकले इलाका प्रशासन नराकोटबाट नागरिकता नपाएको गुनासो गरेका हुन् ।

कामु शाखा अधिकृत नायव सुब्बा सुरत गिरीको सरुवा भएपछि इलाका प्रशासन नराकोट कर्मचारी विहीन भएको हो । इलाका प्रशासनमा कर्मचारी विहीन भएपछि सेवाग्राहीले नागरिकता पाउन सकेका छैनन् ।

स्थानीय दलवीर रोकायाले वर्षा यामको समयमा भौगोलिक विकटता र कठिनाइका साथ सेवा लिन आएका सेवाग्राही नागरिकता लगायत न्याय सेवा नै नपाएर फर्किने गरेको बताउनुभयो । सेवा पाउने गरेका छैनन् । उहाँले भन्नुभयो,“कर्मचारीविहीन इलाका प्रशासनबाट सेवाग्राहीले नागरिकता पाएका छैनन् । एक सात देखि सेवाग्राही इलाका प्रशासनमा आएर सेवा नपाएरै फर्किने गरेका छन् ।”

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले १० दिन अघि इलाका प्रशासनमा रहेका कामु शाखा अधिकृतको सरुवा भएपछि समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो,“६ महिनाका लागि इलाकामा खटाएका गिरीको सरुवापछि इलाका प्रशासनमा कर्मचारीविहीन भएको हो । इलाका प्रशासनमा नागरिक वितरण रोकिएपछि जिल्लाबाटै दिएका छौ । तर घरबाटै पाएको सेवा रोकिँदा नागरिक मर्कामा परेका छन् ।”

यस विषयमा गृह मन्त्रालयमा पनि पत्राचार गरिएको छ । इलाका प्रशासनमा कर्मचारी सरुवा भएर नआउन्जेलसम्म समस्या हुने देखिएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।  

इलाका प्रशासन कार्यालय नरोकाटबाट सेवा लिने जनसङ्ख्या हिमा गाउँपालिकामा १२ हजार १९१ जना, कनकासुन्दरीमा १३ हजार ६२५ जना र सिंजा गाउँपालिकामा १२ हजार ५५६ जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button