दार्चुलाको शैल्यसिखर–२ का वडा सचिव बैतडीमा मृत भेटिए

बैतडी । दार्चुलाको शैल्यसिखर नगरपालिका वडा न.२ का वडा सचिव खेमराज कपाडी बैतडीमा मृत भेटिएका छन् । शैल्यसिखर–२ रौतेउडा निवासी २८ वर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
हिजो बिहान तालिममा सहभागी हुन मोटरसाइकलमा डडेल्धुरा हिँडेका कपाडीको शव र मोटरसाइकल आज भेटिएको छ ।
मोटरसाइकल सडकभन्दा १ सय ५० मिटर तल भेटिएको छ भने, मृतकको शव सडकबाट २ सय मिटर तल भेटिएको छ ।
कपाडी हिजो बिहान १० बजे डडेल्धुरा स्थित तालिममा सहभागी हुन बिहानै ४ बजे घरबाट हिँडेको तरुण दल केन्द्रीय सदस्य घनश्याम भट्टले बताउनुभयो ।
कपाडीको मोटरसाइकललाई ठुलो गाडीले ठक्कर दिएको आशङ्का गरिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्