मलंगवामा जारी निषेधाज्ञा लम्बियो

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा जारी गरिएको निषेधाज्ञा लम्बिएको छ । शनिवार जारी भएको निषेधाज्ञा आज बिहान सकिए पनि पुनः थपिएको हो । जिल्ला प्रशासन कार्यालयले आजबाट २७ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो ।
आज जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै मलंगवा नगरक्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/ बाबा पेट्रोल पम्प सीमा क्षेत्रसम्म निषेधाज्ञा आदेश जारी गरेको जनाएको छ । निषेधाज्ञा लगाइएको क्षेत्र भित्र कुनै प्रकारको भेला हुन नपाउने, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोष्टर पर्चा जस्ता प्रचार सामग्री टास्न वा लेख्न नपाइने गरी स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिनुभयो । अहिले सर्वपक्षीय बैठक बस्दै छ, अवस्था सामान्य भए पनि कुनै किसिमको गतिविधि नगर्नलाई २७ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रजिअ यादवले बताउनुभयो ।
शुक्रवार राती कृष्ण जन्माअष्ट्मीको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्रमा शान्ति अवस्था बिग्रेको थियो । स्थिति नियन्त्रण लिन प्रहरीले १६ सेल अश्रुग्याँस र एक राउन्ड हवाई फायर गर्नु परेको थियो । सोही विवाद सम्बन्धी विषयलाई लिएर साविक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गा मुढा प्रहार गरि विरोध प्रदर्शन हुन थाले पछि सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै, कर्फ्यु आदेश जारी गरिएको थियो ।
शनिवार बिहानैदेखी भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुुङ्गामुढा प्रहार, उत्श्रृङख्ल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुन जान सक्ने स्थिति देखिएकोले कफ्रर्यू लगाइएको थियो । कफ्रर्यू शनिवार बेलुका ५ बजेदेखी सुरु भई २७ गते राती १२ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० ९१० ९३० बमोजिम जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । कफ्रर्यू आदेशको उल्लङ्घन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाहीसमेत गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्