तपाईँ सुन्दै हुनुहुन्छः

गाई मृत अवस्थामा भेटियो

दाङ । दाङको लमही नगरपालिका ९ तेलियामा गाई मृत अवस्थामा भेटिएको छ।

लमही नगरपालिका ९ तेलिया निवासी ७२ वर्षीय पदम कुमालको गाइको पुच्छर जरैदेखि काटिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मृत अवस्थामा भेटिएको गाईको अन्य शरीरमा कुनै चोट नलागेको जिल्ला प्रहरी कार्यालय दाङ प्रमुख राम बहादुर केसीले जानकारी दिनुभयो ।

प्रहरी प्रमुख केसीका अनुसार ईलाका प्रहरी कार्यालय अमिलियाले अहिले मुचुल्काका प्रतिवेदन तयार गरि घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button