तपाईँ सुन्दै हुनुहुन्छः

राधाकृष्ण मन्दिरमा यसरी मनाइयो कृष्ण जन्माष्टमी (फोटोफिचर)

काठमाडौँ I बुढानीलकण्ठ राधाकृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।

हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ । धर्मग्रन्थमा उल्लेख भएअनुसारनै आज बुढानीलकण्ठको राधाकृष्ण मन्दिरमा पूजा आराधना हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button