ड्राइभिङ स्कूलका समस्या समाधान गर्न सरकार गम्भीर छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ड्राइभिङ स्कूलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।
ड्राइभिङ स्कूल संघ, नेपालका पदाधिकारीहरूले पेस गर्नुभएको ज्ञापनपत्र आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित एक कार्यक्रमबीच बुझ्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
उहाँले मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्