विगतका सहमति पूर्ण रुपमा कार्यान्वयन हुनुपर्दछ : अध्यक्ष ठाकुर
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले विगतमा भएको सहमतिहरू सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मधेश प्रदेश समितिको विस्तारित बैठकलाई महोत्तरीको बर्दिबासमा सम्बोधन गर्दै उहाँले मधेशी जनतालाई अधिकर सम्पन्न नबनाएसम्म देशको समृद्धि र विकासको लक्ष्य हाँसिल गर्न कठिन हुने बताउनुभयो ।
उहाँले ठूलो जनसङ्ख्या भएको भूगोलका नागरिकहरू पछाडि रहे देश अगाडी जान्छ भन्ने कल्पनासम्म नगरिने बताउनुभयो ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले अहिले पनि विभेद कायमै रहेको बताउँदै मधेश प्रदेशको समृद्धि र विकासका लागि सबै प्रकारको विभेदको अन्त्य हुनुपर्ने बताउँदै वडा स्तरमा नै सङ्गठन सुदृढ बनाउन आग्रह गर्नुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं पार्टीका नेता शरद सिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई फ्रि भिसा तथा फ्रि टिकटको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने काममा मन्त्रालय लागि परेको बताउनुभयो ।
मधेश प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलको अध्यक्षतामा भएको बैठकको उद्घाटनमा नेता अनिल कुमार झाले सङ्गठन विस्तारको काममा जुट्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्