नेपालगञ्जमा आगलागी, एक करोड क्षति
नेपालगञ्ज। नेपालगञ्जको एक पसलमा आगलागी भएको छ । आज बिहान साढे २ बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ त्रिभुवन चोकस्थित अत्तर अन्सारीले आफ्नै घरमा सञ्चालन गरेको नेपाल कलेक्सन फेन्सी पसलमा आगलागी भएको बाँके प्रहरीले जनाएको छ ।
बिजुलीको लाइन सट भएर अचानक आगलागी भएको बताइएको छ । आगलागी लगत्तै पुगेको दमकल, प्रहरी र स्थानीयको सहयोगमा ३ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट पसलभित्र रहेका सम्पूर्ण मालसामान (लेडिज र जेन्ट्स फेन्सी कपडा) जलेर नष्ट भएको छ । आगलागीबाट करिब १ करोड बराबरको क्षति भएको आङ्कलन गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्