ज्याला दिन उद्योगी तयार भएपछि चिया श्रमिकको आन्दोलन फिर्ता
भद्रपुर, झापा ।सरकारले तोकेअनुसार ज्याला दिन चिया उद्योगी तयार भएपछि पूर्वी नेपालका चिया श्रमिकको पूर्व घोषित आन्दोलन फिर्ता भएको छ ।
यसअघि ज्याला कार्यान्वयन नभएको जनाउँदै चिया श्रमिकले आजदेखि बगान र प्रशोधन कारखानाको काम रोक्ने घोषणा गरेका थिए ।हिजो आइतबार अपराह्न भद्रपुरस्थित झापा उद्योग सङ्घको कार्यालयमा दुवै पक्षबीच भएको वार्तामा श्रमिकले राखेका मुख्य दुई मुद्दामा उद्योगीले सहमति जनाएको श्रमिक नेता दीपक तामाङले जानकारी दिनु भयो ।
श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने र सरकारले श्रम ऐनअनुसार साउनदेखि लागू हुने गरी तोकको चिया श्रमिकको दैनिक ज्याला ५०० रुपैयाँ दिने सहमति चिया उद्योगीले गरेको श्रमिक नेता तामाङको भनाइ छ ।
अहिले चिया श्रमिकले दैनिक ४३५ रुपैयाँ ज्याला पाउँदै आएका छन् ।पूर्वी नेपालको झापा र इलाममा सयभन्दा बढी चिया बगान र तीन दर्जनको हाराहारी उद्योग छन् ।







प्रतिक्रिया राख्नुहोस्