तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सभा बैठक बस्दै

मकवानपुर।बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । सभामुख भुवन कुमार पाठकले प्रदेश सभाको दोस्रो अधिवेशनको २९औँ बैठक आज दिउँसो १ः३० बजे निर्धारण गर्नुभएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत असार २१ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैठक करिब दुई महिनापछि बस्न लागेको हो । आजको बैठकको सम्भावित कार्यसूची तयार गर्न बिहान ११ः३० बजे कार्य परामर्श व्यवस्थापन समितिको बैठक बसेर दिउसो बैठक बस्ने प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रदेश सभामा सरकारको तर्फबाट एउटा विधेयक दर्ता भएको जनाइएको छ । सचिवालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञान प्रविधि , नवप्रवर्धन तथा विकास कोष सञ्चालन गर्न बनेको विधेयक, २०८० दर्ता गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button