तपाईँ सुन्दै हुनुहुन्छः

सर्पको टोकाइबाट एक जनाको मृत्यु

महोत्तरी । महोत्तरीको गौशालामा सर्पको टोकाइबाट आइतबार एक युवकको मृत्यु भएको छ ।

गौशाला नगरपालिका १२ पुरानो कन्तिबजारमा बस्ने भिखारी ठाकुरका ३८ वर्षीय छोरा विजय ठाकुरको सर्पको टोकाइबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज मनोज यादव जानकारी दिनुभयो ।

घरमा सुतिरहेको बेला ठाकुरलाई सर्पले घाँटीमा टोकेको थियो । प्रहरीका अनुसार उनको बर्दिबास जनसेवा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button