नेपालका चार प्रतिनिधि एसियन महासङ्घमा निर्वाचित
काठमाडौँ । एसियन बडिविल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको चुनावी साधारण सभामा नेपालका चार जना प्रतिनिधि विभिन्न पदमा चयन हुनुभएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजनामा काठमाडौँमा भइरहेको ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपअन्तर्गत एसियन बडिविल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको चुनावी साधारण सभाले महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेशनको कार्यकारी उपाध्यक्ष पदमा चयन गरेको हो ।
यसैगरी महासङ्घका उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेशनको उपाध्यक्ष, महासङ्घका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासङ्घको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनीत गरेको महासङ्घका सचिव दिनेश राजभण्डारीले जानकारी दिनुभयो ।
सबै निर्वाचित सदस्यहरूको कार्यकाल चार वर्षको हुनेछ । नेपालमा आयोजना हुने एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपअघि साधारणसभा भएको हो । उक्त प्रतियोगिताको खेल भने भोलि हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्