तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेशको नेतृत्व सहमतिबाट टुङ्गो लगाउन अध्यक्ष ओलीको निर्देशन

रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुङ्ग्याउन निर्देशन दिनुभएको छ ।

एमाले प्रदेश अधिवेशन उद्घाटन समारोहलाई शनिवार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म उच्च स्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताउँदै सहमतिको खाका बनाउन प्रदेशबाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूलाई निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाट राजनीतिक जागरणका हिसाबले एमालेको बलियो किल्ला, सिङ्गो कम्युनिष्ट पार्टीको उद्गमस्थलबाट एमालेले एकताको सन्देश दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, सचिव गोकर्ण विष्ट, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल लगायतका नेताले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको र एमाले कमजोर बनाउन गरिएका प्रचारबाट सचेत रहेको बताउनुभएको थियो ।

उद्घाटन सत्र सकिएपछि शनिबार नै बन्द सत्र सुरु भएको छ । १६ र १७ गते हुने यो अधिवेशनमा १००४ प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button