‘जनताको हित हुने गरी एमसिसी र बीआरआइबाट लाभ लिनुपर्छ’
काठमाडौँ । सभामुख देवराज घिमिरेले एमसिसी र बीआरआइबाट मुलुकले आफ्नो हित हुने गरी लाभ लिनुपर्ने बताउनुभएको छ ।

‘फाउण्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज’ले काठमाडौँमा आज आयोजना गरेको कार्यक्रममा उहाँले ठूला राष्ट्रको प्रभावलाई सन्तुलनमा राख्दै यसबाट प्रतिस्पर्धात्मक लाभ लिनुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले छिमेकी राष्ट्रहरूले गर्ने सहयोगलाई नेपालले राष्ट्र हित हुने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यक्रमबाट लिन सकिने फाइदाबारे सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपालका लागि चीनका राजदूत छन् सोङले नेपालको आर्थिक विकासमा चीन सधैँ साथमा रहने बताउनुभयो । उहाँले नेपालको आर्थिक विकासमा कृषि, उद्योग, प्रविधि लगायत क्षेत्र महत्वपूर्ण रहेकाले यी क्षेत्रको विकासमा चीनको सहयोग सधैँ रहने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्