हिले ब्याडमिन्टन क्लब मा यम्फु
धनकुटा । भैरव यम्फुको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गर्दै हिले ब्याडमिन्टन क्लबको पाँचौँ साधारणसभा सम्पन्न भएको छ ।

क्लबको उपाध्यक्षमा राम प्रधान, सचिवमा सन्तोष श्रेष्ठ, सहसचिवमा पेम्बा लामा र कोषाध्यक्षमा आशिस तामाङ रहनुभएको छ । सदस्यमा श्री ओम श्रेष्ठ, सन्तोष राणा, कुमार तितुङ, शिव कार्की, अरुणा तामाङ र प्रमिला बरुवाल ठकुरी रहनुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटा नगरमा सञ्चालन हुने जुनसुकै खेलकुदका गतिविधिमा आफूले सहयोग गर्ने बताउनुभयो ।
त्यस अवसरमा क्लबलाई सहयोग पुर्याउने व्यक्तिहरूलाई सम्मान गरियो । सम्मानित हुनेमा वितरक संघ धनकुटाका अध्यक्ष कृष्णराज श्रेष्ठ, जुनु चियाबारीका म्यानेजर राजेश कटुवाल हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्