तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा जिप दुर्घटना, छ जना घाइते 

पाल्पामा जिप दुर्घटना भएको छ । 

आज दिउँसो करिब १२: ३० बजेको समयमा बुटवलबाट  गुल्मी जाँदै गरेको  बा१६ च ४३७३ नम्बरको जिप जोर्तेको गाईघाट नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा  परी ६ जना घाइते भएका छन् ।

घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको  प्रहरीले जनाएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको  छ। 

दुर्घटना  जोर्ते(लुहुङ्ग बाइपास) खण्डमा भएको हो । दुर्घटनाग्रस्त जिप सडकदेखि करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button